दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड

 झापा/    झापाको दमकसहित कमल र गौरादहमा निर्माण हुने  औद्योगिक पार्क निर्माणका लागि सरकारले ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।
देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

झापाको दमकसहित कमल र गौरादहमा औद्योगिक पार्क निर्माण गर्न सरकारले बजेट विनियोजन गरेकोमा झापाबासी हर्षित भएका छन् ।

बुधबार, १८ जेठ, २०७९, बिहानको ०८:२४ बजे

सम्बन्धित खवर