कमलपुर सामुदायिक बन लेटाङ नगरपालिकाको कर तिर्ने पहिलो बन

बैकल्पिक खवर

जम्मा आम्दानिको १० प्रतिशत कर तिर्ने लेटाङ नगरपालिकाको नियमलाई लेटाङ नगरपालिका वडा न. ३ को कमलपुर सामुदायिक बनले पालना गरेर नगर कै पहिलो कर तिर्ने सामुदायिक बन हुन सफल बनेको छ । आज बनका अध्यक्ष गोपाल श्रेष्ठ र सचिब यामकुमारी खतिवडाले नगरप्रमुख शंकर राईलाई नगरपालिकाको खातामा जम्मा गरेको भौचर बुझाएका छन । उक्त बनले कुल आम्दानिको १० प्रतिशत हुन आउने १ लाख ४५ हजार ५ सय ५० रुपैया कर बुझाएको हो ।

कर तिर्ने पहिलो सामुदायिक बन भएकोमा नगरप्रमुख शंकर राईले बन तथा पधाधिकारी र सबै उपभोक्ताहरुलाई धन्यबाद दिनुभयो । मेयर राईले कर तिर्नु हरेक नागरिक तथा संघ सस्थाको कर्तब्य भएकोले कर तिर्नु पर्ने बताउनुभयो । कोरोनाको कारण भएको बन्दाबन्दी तथा आर्थिक क्षतिलाई मध्यनजर गर्दै अधिकांस करमा छुटको ब्यबस्था लेटाङ नगरपालिकाले गरेको समेत बताउनुभयो ।

बिहिबार, १७ असार, २०७८, साँझको ०५:३५ बजे

सम्बन्धित खवर