प्रदेश २ मा ११ जनाले रोजे लोसपा, उपेन्द्रलाई उत्साह, महन्थलाई धक्का

 

झापा, १६  भदौ/ जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा प्रदेश १ का ११ जना सांसदले सनाखत गरेका छन् ।

प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी बनेको जसपाको कुल ५५ जना प्रदेशसभा सदस्य थिए । योसँगै उपेन्द्र यादवलाई प्रदेश १ मा उत्साह थपिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतोपक्षलाई धक्का लागेको छ ।

२५ जना सांसदका साथमा पार्टी एकता गरेका ठाकुर र महतोले ११ जनामा चित्त बुझाउनु परेको छ । प्रदेश १ जसपा र लोसपाको जनाधार क्षेत्र हो । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर ११ जना सांसदले लोसपाको पक्षमा सनाखत गरेको हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ । लोसपाले अझै केही प्रदेशसभ सदस्यहरु आफूतिर आउने सम्भावना रहेको दाबी गरेको छ ।

बुधबार, १६ भदौ, २०७८, रातीको ०८:३९ बजे

सम्बन्धित खवर