इलामको कर्णालीबाट फेरि नेम्बाङकै नाम, आदिवासीको नाम बेचेर २५ वर्ष सासन, विकास सुन्य

 इलाम /   विकासका प्रसस्त सम्भावना हुँदा हुँदैपनि सरकारी योजना ल्याउन नसकेर असफल भइसकेका सुवास नेम्बाङको नाम यो पटक पनि सोही स्थानबाट उम्मेदवारीमा एमालेले सुवास नेम्बाङकै नाम अघि सारेपछि एमालेभित्र विद्रोहका स्वरहरु निस्कन थालेका छन् ।
लामो समयदेखि एमाले नेता सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनालले यसपटक नेम्बाङविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्। विगत २३ वर्षदेखि इलाम क्षेत्र नं २ बाट चुनाव जितेर नेम्वाङ राज्यको मुख्य पदमा पुगे पनि विकास गर्न नसकेको कारण अब नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका हुन्।

‘मैले चिन्दादेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन्’ नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने फाकफोकथुम–४ फुएतप्पाका खनालले भने, ‘२५ वर्षमा पनि एउटै भाषण दोहोर्‍याइरहेका छन्। माई नगरपालिकामा एक दुईवटा पुल बनाएका छन् तर अन्य क्षेत्रमा भने न बाटो छ न पुल नै बिरामी हुँदा त्यहाँका जनता मर्नुपर्ने अवस्था छ।’

केशव पूर्व-सभामुख सुवास नेम्वाङका पूर्व-स्वकीय सचिव बुद्धि खनालका भाइ हुन्। २ दशक नेम्वाङको स्वकीय सचिव रहेका बुद्धि गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट माई नगरपालिका–७ बाट वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेम्वाङले २०५६ सालबाट इलाम क्षेत्र नं २ बाट लगातार चुनाव जित्दै आएका छन्। तर, उनको क्षेत्रलाई अझै पनि इलामको कर्णाली भनिन्छ। नेम्बाङले जितेसम्म अझै पनि त्यहाँको विकास नहुने भन्दै खनालले युवाहरु विकासलाई अघि बढ्नुको विकल्प नभएकाले निर्वाचनमा होमिने बताए।

‘इलामको क्षेत्र नं २ को फाकफोकथुममा जानुहोस् त्यहाँ जाँदै गर्दा त्यहाँको विकास देखेर यति पीडा हुन्छ, त्यस क्षेत्रमा जान २५ वर्ष लगाएर बनाएको दोभानको एउटा पुल पनि खोलाले बगाएको छ, बाटोको स्थिति कुरै नगरौ राँके रवि सडकको अवस्था सबैले देखेकै छ अहिलेसम्म बिजुलीको पोल छैन’ खनालले भने, ‘त्यही क्षेत्रबाट चुनाव जितेका नेम्बाङले पहिले कर्णाली थियो भनेर भाषण गर्दै गर्दा अहिले पनि कर्णाली नै छ। विकासको महसुस कहिले भएन। उहाँले अब गर्न सक्नुहुन्न भनेर इलामको २ नं. क्षेत्रमा उम्मेदवारी दिँदै छु।’

४३ वर्षीय खनालले नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) बाट राजनीति सुरु गरेका थिए।

२०५३ सालमा अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष भएर काम गरे। नेकपा एमाले इलामकै उद्योग तथा वाणिज्य विभागको जिल्ला सदस्यसमेत भइसकेका खनाल पछिल्लो समय एमाले इलाम नगरपालिका नगर कमिटी सचिवालय सदस्य पदबाट राजीनामा दिइसकेका छन्।

व्‍यवसाय तथा राजनीतिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय खनालको नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भूमिका मानिन्छ। आफू जन्मेको ठाउँ विकास हुन नसकेपछि विकासकै लागि आफूले उम्मेदवारी दिने खनालको भनाइ छ।

बिहिबार, १६ भदौ, २०७९, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर