बेबारिसे महिलाको उपप्रमुख भट्टराईबाट उद्धार

   दमक/ दमक ४ स्थित नापी कार्यालय नजिकैबाट आज बिहिबार वेवारिसे अवस्थामा फेला परेकी एक महिलालाई उद्धार गरिएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सुस्त मनस्थितिको समस्या भएकी ति महिलाको उद्धार गरेकी हुन । करिब महिना दिन अघिदेखि बेवारिसे अवस्थामा त्यहाँ बस्दै आएकी महिलालाई उद्धार गरेर आजै साँझ दमक ३ स्थित सुरक्षित घरमा राखिएको उपप्रमुख भटटराईले बताएकी छिन ।
वेवारिसे अवस्थामा बसिरहेको भन्दै स्थानियले खबर गरेपछि पुगेकी उपप्रमुख भट्टराईले रातको समयमा खुल्ला ठाउँमा बस्दा थप अन्य जोखिम हुने भएकाले सुरक्षित घरमा राखिनु उपयुक्त भएको स्थानीय मञ्जु भण्डारीले बताइन । उनलाई कोही आफन्त तथा परिवारका सदस्यहरु भएमा जिम्मा लगाइने नगरपालिकाले जनाएको छ ।

बिहिबार, १६ भदौ, २०७९, रातीको ०९:३६ बजे

सम्बन्धित खवर