निगुरो टिप्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

झापा,असोज १५/    जंगली हात्तीको आक्रमणबाट  एक महिलाको मृत्यु भएको छ।

निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका-८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन्। निगुरो टिप्दैगर्दा हात्तीले सुँढले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

घटनाको विषयमा सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ।

शुक्रबार, १५ असोज, २०७८, बिहानको ०७:२८ बजे

सम्बन्धित खवर