नेतृत्व हस्तान्तरण गर्छु, उत्तराधिकारी तोक्दिन- प्रचण्ड

प्रचण्डले आफू उत्तराधिकारी घोषणा गर्ने पक्षमा नरहेको बताएका छन्। राजनीतिक योजना र कार्यक्रमसहित आउने नेतालाई ठाउँ खाली गरेर आफू हिँड्न तयार रहेको उनको भनाइ छ। प्रचण्डले नेताहरुले आफूबाट ‘माखो मर्दैन’ भनेर टिप्पणी गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

‘के अचम्म भयो। संसद् विघटन भएपछि माओवादी सिद्धियो भन्न थाले। हुँदाहुँदा पार्टीभित्रकै नेताहरुले प्रचण्डबाट माखो मदैर्न भन्न थाले। मलाई अनौठो लाग्छ साथीहरु भन्न थाले,’ प्रचण्डले भने, ‘राजनीतिक योजना र कार्यक्रमसहित आउनुस्, प्रचण्डको काम छैन भन्नेहरुलाई म भन्छु, आउनोस् तपाईंहरुको विचार र स्पष्ट कार्यदिशा लिएर आउनोस्, म छोडिदिन्छु।’।’

‘माओले लिप्याओलाई गरेजस्तो अहिले नै उत्तराधिकारी घोषणा गर्दिने गल्ती म गर्दिनँ’, प्रचण्डले भने, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोली हानेर हिँड्यो। उत्तराधिकारी (घोषणा) भनेको त काल रहेछ। म किन भन्ने, भन्दिनँ।’

प्रचण्डले एकपटक फेरि माओवादी जाग्नुपर्ने बेला आएको पनि बताए। ‘यो परिवर्तन हामीले ल्याएका हौं भनेर दह्रोसँग भन्न पर्‍यो। प्रतिक्रियावादी, जाली, फटाहा, निरंकुसतावादीका विरुद्ध उभिनु पर्‍यो,’ प्रचण्डले भने।

शुक्रबार, १५ असोज, २०७८, दिउँसोको १२:१४ बजे

सम्बन्धित खवर