धादिङ /  जिल्ला सदरमुकाम धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ना ४ ख ८०४१ नम्बरको ट्रक आज दिउँसो सडकमा पल्टिएर दुर्घटना अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा कपिलवस्तुका अन्दाजी ३५ वर्षका इन्द्रजीत पासी र २५ वर्षका सव्दाम अन्सारी रहेका जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिनेश रेग्मीले जानकारी दिए ।
उनका अनुसार अन्य घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टिएको हो ।

Facebook Comments Box