पाँचथर / पाँचथरका १०२ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्र्गीकरण गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोहीअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

वर्गीकरण गरिएमध्ये फिदिम नगरपालिकाका नौ, फालेलुङ गाउँपालिकाका ११, तुम्वेवाको एक, फाल्गुनन्दका तीनवटा र मिक्लाजुङका आठवटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । उनका अनुसार फिदिम नगरपालिकाका तीन, याङवरक गाउँपालिकाका नौ, हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका आठ, फाल्गुनन्दका १२ र मिक्लाजुङका पाँचवटा मतदान केन्द्र संवेदनशील सूचीमा राखिएको छ । यस्तै फिदिम नगरपालिकाका नौ र याङवरक गाउँपालिकाको एक गरी नौवटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहु‘चसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।

सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिन्छ । अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीस‘गै कर्मचारी व्यवस्थापन आदि पनि पर्छन् ।

Facebook Comments Box