झापाका ६ स्थानीय तहले मात्रै गरे अस्पतालको उद्घाटन

अधिकांंश पालिकाले जग्गा ब्यबस्थापन नै गर्न सकेनन्

झापा । झापाका ११ वटा स्थानीय तहमा सोमबार एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास गर्न निर्देशन भएपनि ६ वटा स्थानीय तहमा मात्र शिलान्यास गरिएको छ ।

गौरादह नगरपालिका लगायत ४ पालिकामा आज अस्पतालको शिलन्यास गर्न भएन । गाैरादह नगरपालिकाले आवश्यक जग्गा ब्याबस्थापन गर्न नसक्दा आज निर्धारित समयमा शिलन्यास गर्न नसकिएको नगर प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयो । त्यस्तै शिवसताक्षी नगरपालिका , बुद्धशान्ति गाउँपालिका र झापा गाउँपालिकामापनि जग्गा व्यावस्थापन हुन नसक्दा आज शिलन्यास हुन सकेन ।  बिर्तामोडमा भने नगरपालिकाले यसअघि निर्माण शुरु गरिएको सिटी हस्पिटललाई नै स्तरोन्नति गर्ने भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ सोमबार गर्न झापाका ११ सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो ।

गौरीगञ्जमा अस्पताल शिलन्यास:

गौरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार प्रदेश नं.१ आन्तरिक मामिला तथा कानुन मंन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७–०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्यअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले गौरीगंजमा १५ शैंय्याको अस्पतालको शिलान्यास गर्नुभएको हो । गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार १८ करोड रूपैयाँको लागतमा अस्पताल निर्माण हुन लागेको हो । त्यसमध्ये ३ करोड २३ लाख रूपैयाँ निर्माण कार्य शुरूवात गर्न गाउँपालिकामा प्राप्त भएको छ ।

आगामी दुई वर्षभित्र गौरीगंजमा निर्माण हुन लागेको १५ शैंय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गर्ने जनाईएको छ ।

कमल गाँउपालिकामा अस्पताल शिलन्यास:

त्यस्तै  कमल  गाउँपालिकामा वडा २ मा प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किले शिल्यान्यास गर्नुभयो ।अस्पतालको शिल्यान्यास पछि बोल्दै मन्त्री कार्किले दुई वर्ष भित्रमा निर्माण सम्पन्नहुने र जनतालाई सहज रुपमा स्वस्थ्य सेवा पुर्याउने उदेश्यले सरकारले एकै साथ यतिधेरै संख्यामा अस्पताल शिल्यान्यास गरेको बताउनुभयो ।

गाउँपालिकामा निर्माण हुनलागेकाले १५ शय्याको अस्पतालले यस क्षेत्रका जनतालाई स्वस्थ्यमा सहजहुनुका साथै टाडा गएर महँगो उपचार गर्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
आज अस्पताल शिलन्यास भएका अन्य स्थानियतहरु मेचिनगर र कनकाई नगरपालिका र हल्दिवारी ,बाह्रदशी गाउँपालिका रहेका छन ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शैय्याको अस्पताल निर्माणका सूचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइसकेको मन्त्रालय जानकारी दिएको छ । यो चरणमा झापा जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीलाई १५ शैंय्या, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकीमा १५ शैय्या , कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या , मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या , शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याको अस्पताल बनिने भएको हो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकीमा १० शैय्या , झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीमा १० शैय्या ,कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैय्या, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या, कचनकवल गाउँपालिकाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्या र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याको अस्पताल बनिने भएको छ ।

मङ्गलबार, १६ मंसिर, २०७७, बिहानको ०९:४१ बजे

सम्बन्धित खवर