काठमाडौं, १५ मंसीर/  नेकपा एमाले नेता लालबाबु पण्डित केन्द्रीय सदस्यबाट पनि आउट भएका छन् ।
पदाधिकारीमा दाबी गर्दै आएका पण्डितको नाम केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् ।
सामाजिक सन्जालमा पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
अब पण्डित केन्द्रीय सदस्य पनि नरहेपछि उनको राजनीतिक भविश्य समाप्त जस्तै भएको छ ।

Facebook Comments Box