विशेष अदालतले थुनामा राख्ने अनुमति नदिएपछि : नेकपाका नेता पुरी छुटे

पुरी सम्पत्ति शुद्धिकरण जस्तो मुद्दामा पनि अदालत नपुग्दै रिहा हुने पहिलो ब्यक्ति हुन
बैकल्पिक खवर

दमक / जग्गा किर्ते मुद्दामा ३९ दिनयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेकपा नेता रेवतराज पुरी (गगन ) शुक्रबार तारेखमा छुटेका छन् । विशेष अदालतको ‘निर्देशनात्मक आदेश’पछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीलाई तारेखमा रिहा गरेको हो ।पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनायो ।
सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो । तर, विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो ।

पुरीलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय थपका लागि गत आइतबार विशेष अदालत लगिएको थियो । अदालतले उनलाई अन्तिमपटक भनी सात दिनको म्याद थपेको थियो ।

‘अरू मुद्दामा खुरूखुरू हिरासत राख्न अनुमति दिने अदालतले यो प्रकरणमा आरोपीलाई अन्तिमपटक थुनामा राख्न भन्दै आदेश दियो,’ विभाग स्रोतले भन्यो ।विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको लागि पक्राउ परेर मुद्दा अदालत नपुग्दै छुट्ने छुट्ने पुरी पहिलो व्यक्ति हुन् । यसरी पक्राउ व्यक्तिलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार विभागलाई छ ।

दमक–८ -साबिक १३ र १४ को सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा हत्याएको आरोपमा पुरी विरूद्धको मुद्दा झापा जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ ।सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ अनुसन्धान गर्न भनेपछि विभागले पुरीमाथि अनुसन्धान थालेको थियो । पुरीले २४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ ।

पुरी दमक नगरपालिका–६ का हुन् । उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन् । उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए ।
पुरी हिरासत मुक्त भए लगत्तै आफ्नो गृहनगर आएका छन । पुरिलाइ बिभागले हिजो नियमित हाजिर हुने गरि तारेखमा रिहा गरेको थियो।

शनिबार, १८ पुष, २०७७, दिउँसोको ०२:२० बजे

सम्बन्धित खवर