विद्रोही नेकपाका नेता रिहाभए लगत्तै सरकारी नेकपामा प्रवेश

बिद्रोही समुह विप्लप नेतृत्वको नेकपाका झापा जिल्ला नेता याम गिरी हिजो साँझ जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगक्तै सरकारी नेकपामा प्रवेश गरेका छन ।
गिरी काठमाण्डौबाट पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहारा नेपाल चारपानेको बम बिष्फोट लगायातको आरोप लगाएको थियो । रिहा भएपनि उनको मुद्धा जिल्लामा चलिरहेको छ । गिरीलाई नेकपाका झापा जिल्ला सचिव बिजय साम्पाङ्ग , अरुण श्रेष्ठ , गोपाल प्रसाई लगायातले इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमै नेकपामा प्रवेश गराएका हुन । गिरी झापामा लामो समय विप्लप समुहको गतिविधिमा संग्लन थिए । विप्लप समुहका नेताहरु धमाधम पक्राउ र पार्टी परित्याग गरेपनि उनी झापाको नेतृत्व सम्मालेर रहेका थिए । विद्यार्थी कालदेखि राजनिति गरेका उनी पछिल्लो समय मोहन बैद्य समुह हुदै विप्लप माओवादीमा आवद्ध रहेका थिए ।

सरकारी नेकपामा प्रवेश गरेका ३७ बर्षिय गिरी झापा शिवसताक्षी नगरपालिका पाँचगाछी निवासी हुन । गिरी माओवादी बिद्रोहताका झापामा रहेका विद्यार्थी नेता मध्ये सबैभन्दा लामो समय जेलपर्ने नेता हुन । त्यो बेला उनले झण्डै ३७ महिना जेल जिवन विताएका थिए ।

बिहिबार, १७ पुष, २०७६, बिहानको ०९:४७ बजे

सम्बन्धित खवर