सेक्सको कुरा गर्दा लाज नमान्ने कलाकारलाई देशको कुरा गर्दा टाउको दुख्छ 

कंगना रनौटलाई विवादास्पद अभिव्यक्ति र अरुसँग झगडा गर्न बलिउडमै कसैले भेट्दैन । अहिलेसम्म उनले कतिलाई टारगेट बनाइ सकिन भन्ने गनेर साध्य छैन । हरेक विषयमा बेमतलव कुरा गर्ने कंगनको निशानामा यो पटक रणवीर कपुर र आलिया भट्ट परेका छन् । उनले आलिया २७ र रणवीर ३७ वर्ष पुगेको भन्दै दुवै बच्चा हुन् कि बेवकुफ ? भन्दै झगडाको बिउ रोपेकी छन् ।

हालै ‘डेली’लाई दिएको एक अन्तरवार्तामा उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएकी हुन् । आलिया र रणवीरलाई योंग कलाकार भनेर कोड गर्दै प्रश्न सोधिए पछि कंगनाको पारो तातेको थियो । उनको तर्क छ दुवै योंग कलाकार भनिन योग्य छैनन् । २७ वर्षको उमेरमा आफ्नी आमाले ३ सन्तान जन्माएको भन्दै कंगनाले उनीहरुलाई योंग कलाकार भन्नु गलत भएको दावी गरिन् ।

त्यसो त कंगनाले यसअघि पनि आलिया र रणवीर विरुद्ध खनिएकी थिइन् । एक अन्तरवार्तामा आलिया र रणवीरले देशको अवस्था बारे बोल्ने क्रममा आफ्नो घरमा बिजुली पानी सबै समयमै आउने भन्दै देशको हालतको बारेमा बोल्न इन्कार गरेका थिए । आलिया र रणवीरले यति भने पछि कंगनालाई पुगिहाल्यो । कलाकार देशको प्रतिनिधि भएको भन्दै यसरी जवाफ दिनु गैरजिम्मेवारीपुर्ण भएको भन्दै उनीहरु विरुद्ध जाइ लागेकी थिइन् ।

अझ अगाडि बढेर कंगना भन्छिन् कलाकारलाई क्यामेरा अगाडि आफ्नो सेक्स लाइफको बारेमा बोल्न लज्जा हुँदैन तर देशको बारेमा बोल्नु पर्यो कि टाउको दुख्छ ।

बिहिबार, १९ बैशाख, २०७६, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर