अपहरणकारीलाई कार्वाही गर्न समाजवादी युवा संघको माग

दमक /  समाजवादी युवा संघ १ नम्बर प्रदेशले समिति द्वारा संसद सुरेन्द्र यादव अपहरणको मुद्दा दर्ता नगर्ने सरकारि रबैयाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ओली नेतृत्वको सरकारले कानुनी राज्यको धज्जी उडाएको भन्दै समाजवादी युवा संघले अपहरणमा संलग्न भनिएका माननियद्वय महेश बस्नेत्, किशान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाललाई तुरुन्त छानबिनको दायरामा ल्याउन माग गरेकोे छ ।

गत बिहीबार समाजवादी युवा संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष श्री सुब्बा र मूख्यसचिव पवन बिष्टद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा जनताद्वारा बिभिन्न समयमा लडेर ल्यएको लोकतन्त्र र कानुनी राज्यको अबमुल्यन नगर्न प्रधानमन्त्री केपि ओलि नेतृत्वको सरकारलाई आग्रह गरिएको छ ।
समाजवादी पार्टीका सम्सद माननिय सुरेन्द्र यादवलाई उनको निजी निवास महोतरीसम्म पुगेर अपहरण गरी काठमाडौं ल्याएको र प्रहरी र सरकारी वकिलको कार्यालयले अपहरण बिरुद्धको उजुरी लिन नमानेको प्रति गम्भिर ध्यानाकर्षण भएको जानउदै संघले जायज मागलाई बेवास्ता गरिए जस्तो सुकै बलिदानी दिन समाजवादी युवा संघ तयार रहेको चेतावनी दिएको छ ।

शनिबार, २० बैशाख, २०७७, बिहानको ०७:५६ बजे

सम्बन्धित खवर