मुख्यमन्त्री शेरधन राईद्वारा संसदीय दलका नेताहरूसँग छलफल

जेठ १९/   प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूसँग छलफल गरेका छन् ।

आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरूसँग मंगलबार परामर्श गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशले असार ३० गतेसम्म बजेट ल्याइसक्नु पर्ने हुन्छ ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

मुख्यमन्त्री राईले सरकारले केही दिनभित्रै संसद् बैठक बोलाउन लागेको जानकारी दिए । कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल गरिएको थियो ।

बुधबार, १९ जेठ, २०७८, बिहानको ०७:४० बजे

सम्बन्धित खवर