गोमन सर्पले टोकेर झापाका गणेशको मृत्यु

धेरैजसो विरामी उपचार नपाई मर्छन्

झापा /  वर्षायाम शुरु भएसँगै तराईमा सर्प डसाईको विरामी बढ्न थालेका छन् । जिल्लाका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पछिल्ला समय सर्प डसाईबाट उपचार गर्न आउने विरामीको संख्या बढ्दै गएको हो ।उपचारका लागि ढिलासुस्ती गराउँदा दक्षिणी झापाको कचनकवलमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ४ स्थित फर्कागाछी निवासी ५९ वर्षीय चवनलाल गणेश रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजे घर नजिकैको खेतबारीमा गाईबस्तु चराउन गएका गणेशले परालको कुनिउँमा सर्पले मुसा लखेटेको देखेका थिए। तर, उनले सर्पले डसेको थाहा पाएनन्। घर फर्किएपछि उनलाई खुट्टा पोले महसुस भए पनि उपचारका लागि सर्पदंश उपचार केन्द्र नगई परिवारजनले धामीझाँक्री कहाँ लगे।

धामी झाँकी लगिए पनि उनलाई झन् सारो भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको एम्बुलेन्समा मगाएर सर्प दंश उपचार केन्द्र चाराआली पुर्‍याए। उपचार केन्द्र पुग्ने बित्तिकै उनको दिउँसो ४ बजे मृत्यु भयो।
उपचार केन्द्रका चिकित्सकले उनलाई गोमन सर्पले टोकेको र समयमा उपचारका लागि नलाउँदा मृत्यु भएको परिवारजनलाई जानकारी गराएको प्रहरीले बताए।
सर्प डसाईका विरामीलाई लक्षित गरि दमक र चारआलीमा खोलिएका सर्प डसाई उपचार केन्द्रमा केहिदिन यता विरामीको संख्या बढ्न थालेको त्यहाँस्थित उपचार केन्द्रका अधिकारीहरुले जनाएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले करिव दुई दशकदेखि दमकमा सर्प डसाईका विरामीको उपचार गरिआएको छ । त्यस केन्द्रले बर्सेनी १२ सयका हाराहारीमा त्यस्ता विरामीको उपचार गर्दै आएको छ ।
वर्षायाम शुरु भएसँगै तराईमा सर्प डसाईको जोखिम मानिन्छ ,सर्प डसाईबाट सुरक्षित रहन साँझपख हिडडुल गर्दा सावधानी अपनाउनु पर्छ ’दमकको उपचार केन्द्रमा जिल्लासहित उत्तरी,पूर्वी मोरङ र इलामका दक्षिणी भेग चुलाचुलीका सर्प डसाईका विरामीले उपचार पाउदै आएका छन् ।
त्यसैगरि जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरि २०६१ सालदेखि चारआलीस्थित नेपाली सेनाले पनि सर्प डसाइ विरामीको उपचार गरिआएको छ । त्यहाँ पनि ठुलो संख्यामा सर्प डसाईका विरामीले उपचार पाउने गरेका छन् ।

बुधबार, १९ जेठ, २०७८, बिहानको ०८:१७ बजे

सम्बन्धित खवर