त्रिपाठी संग मिलेर नयाँ पार्टी निर्माणको कसरतमा ठाकुर – महतो

बैकल्पिक खवर

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच नयाँ पार्टी निर्माण बारे छलफल सुरु भएको छ ।मंगलबार सिंहदरबारमा तीन नेताबीच उक्त बिषयमा लामो कुराकानी भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।

स्रोतका अनुसार ठाकुर र महतो त्रिपाठीसंग मिलेर नयाँ दल निर्माण गर्ने कसरतमा लागेका छन । उनीहरुबीच पुरानो पार्टी रासपा ब्युँताउने बारे कुराकानी भएको खबर आजको राजधानी दैनिकमा समाचार छ ।

बुधबार, १९ जेठ, २०७८, बिहानको ०८:१४ बजे

सम्बन्धित खवर