भ्रष्टाचारी नेताहरुलाई लागोस कोरोनाको गीत बन्देज

झापा, १९ जेठ /  गायक रामु विरहीले व्यङ्ग्य गर्दै सार्वजनिक गरेका कोरोना गीत केही शब्दका कारण विवाद र चर्चामा तानिएको छ ।

युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा ‘भ्रष्टाचारी नेतालाई लागोस् कोरोना’ भनिएको छ भने ‘सोझा सिधा जनताबाट भागोस् कोरोना’ भनिएको छ ।

साथीभाई डिजिटल म्यूजिक प्रालिले गीतको निर्माता रहेको छ । टिकटकमा यो गीत भाइरल हुन सफल भएको छ । कलाकार रामु बिरही अन्य धेरै गीत र हाँस्य विधाबाट श्रोता तथा दर्शक माझ लोकिप्रय छन् ।

गीतमा केहि बिबादित तर्क राखिएकोले टिका टिप्पणी आए तापनि गायक तथा रामु बिरहीले गीतमा नराम्रो नभनिएको दावी गर्छन् ।

गीतमा रामु बिरहीको नै लय शब्द स्वर र अभिनयमा रहेको छ । (हेर्नुहोस् भिडियो ==)

बुधबार, १९ जेठ, २०७८, दिउँसोको ०४:२५ बजे

सम्बन्धित खवर