निशेधाज्ञा उल्लंघन गरेको भन्दै ४० ब्यापारी पक्राउ

बैकल्पिक खवर

निषेधाज्ञा उल्लंघन गरेको भन्दै बिराटनगरमा प्रहरीले ब्यापारीलाई पक्राउ गरेको छ ।बन्दको बेला पसल/व्यवसाय सञ्चालन गर्ने तीन दर्जन बढी व्यापारीलाई प्रहरीले आज बिराटनगर प्रहरीले पक्राउ गरेको हो ।

कोरोना संक्रमण रोकथामा तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा आदेश उल्लंघन गरेका कारण करिब ४० ब्यापारी लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रशासनको आदेश अटेर गर्दै पसल खोल्ने व्यापारीहरूलाई नियन्त्रणमा लिएर कारबाही गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । नियन्त्रणमा लिएका व्यापारीहरूलाई एक पटकलाई सम्झाइबुझाइ गरी अब निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा छाडेको प्रवक्ता राईले बताए ।

‘निषेधाज्ञा उल्लंघन गर्दै पसल खोलेको पाइएकाले व्यापारीहरूलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘पहिलो पटक भएकाले अब आइन्दा त्यस्तो नगर्ने कागज गराएर छाडेका हौँ । फेरि त्यस्तो काम दोहोर्‍याएको खण्डमा कडा कारबाही हुन्छ ।’ संक्रमणदर बढ्दै गएको कारण प्रशासनले मोरङमा निषेधाज्ञा थप कडाइका साथ कार्यान्यवन गर्ने जनाएको छ ।

बुधबार, १९ जेठ, २०७८, दिउँसोको ०४:२२ बजे

सम्बन्धित खवर