असारबाट निषेधाज्ञा हटाउने सरकारको तयारी

बैकल्पिक खवर

सरकारले असारबाट निषेधाज्ञा हटाउने तयारी गरेको छ ।सरकारले सोहि योजना अनुसार काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा केही खुकुलो पार्दै लगेको छ । जेठभर लम्ब्याइएपनि केही खुकुलो पारेको सरकारले अबस्था हेरेर असारदेखि हटाउने तयारी गरेको हो ।

३१ जेठसम्म निषेधाशा लम्ब्याइएको छ । तर, यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात निश्चित अवधिका लागि खोल्न छुट दिइएको छ । जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खाद्यान्नका पसलका अलावा मालवाहक यातायात पनि छन् ।सवारी साधन मर्मतका वर्कशप पनि खोल्न निश्चित अवधि राखेर छुट दिइएको छ ।

जेठभर निषेधाज्ञा जारी गरेर खुकुलो पार्दै लाने र कोरोना भाइरसको संक्रमणको अवस्था अध्ययन गरी हटाउने तयारी समेत भएको छ । तर, संक्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले निषेधाज्ञा लागू नगर्ने निश्चितप्रायः छ । असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन् । यो समाचार रिपोर्टस नेपालले प्रकाशित गरेको छ ।

 

बुधबार, १९ जेठ, २०७८, दिउँसोको ०४:५६ बजे

सम्बन्धित खवर