निर्वाचन आयोगद्वारा ठाकुरको पत्र अस्विकार

बैकल्पिक खवर

जनता समाजवादी पार्टीको अध्यक्ष हुँ भन्दै निर्वाचन आयोगमा महन्थ ठाकुरले पेश गरेको फर्जी पत्र फिर्ता भएको छ ।
निर्वाचन आयोगले ठाकुरलाई पदाधिकारीको निर्णयको हस्ताक्षर बिना फर्जी पत्र पठाएको भनी पत्र नै फिर्ता पठाइदिएको हो ।
मंगलबार बुझाएको पत्रलाई निर्वाचन आयोगले फिर्ता पठाउँदै ठाकुर पार्टी अध्यक्ष भएको र उनीसँग बहुमत रहेको प्रमाणित गर्नका लागि केन्द्रीय समितिका पदाधिकारीहरुको निर्णयको हस्ताक्षर माग गरेको छ । ठाकुरले मंगलबार आफू नै अध्यक्ष हुँ भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको भनी फर्जी पत्र बोकेर निर्वाचन आयोग पुगेका थिए ।
उनको पत्रमा केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नै नभएपछि आयोगले उक्त पत्रलाई आधिकारिक मान्न नसकिने भनी फर्काइदिएको निर्वाचन अयोग स्रोतले जनाएको छ ।
ठाकुर पार्टी केन्द्रीय कार्याकारिणी समितिको जेठ ८ र ९ गतेको बैठकमा अनुपास्थित थिए भने १७ गतेको बैठकमा समेत उनको उपस्थिति र हस्ताक्षर नरहेको जसपा केन्द्रीय कार्यालय बालकुमारीले जनाएको छ ।
जसपामा ठाकुर पक्षमा ५१ मध्ये २० जना पनि कार्यकारिणी समितिका सदस्य नरहेको यस अघि नै प्रमाणित भइसकेको छ ।

बुधबार, १९ जेठ, २०७८, साँझको ०५:४५ बजे

सम्बन्धित खवर