किसानलाई फलफूलका विरुवा वितरण

भोजपुर / पौवादुङमा गाउँपालिकाकाले किसानलाई फलफूलका विरुवा वितरण गरेको छ। गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो। केही दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।

वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। त्यस्तै, वडा नम्बर १ श्यामशिलालाई किबी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले गत वर्ष पन िचार हजार एभोकार्डो र तीन हजार कागतीको विरुवा वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन्। यस वर्ष ७७ घार गोलासहितको मौरी वितरण गर्ने काम सम्पन्न भएको उनले जानकारी दिइन्।

त्यस्तै, पकेट क्षेत्रको रुपमा विस्तार गरिएको ठूलोदुम्मामा करिब ८० घार मौरीसहित मौरीपालनका लागि आवश्यक पर्ने यन्त्र उपकरणसमेत वितरण गरिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

शुक्रबार, १८ असार, २०७८, दिउँसोको ०४:२९ बजे

सम्बन्धित खवर