प्रधानमन्त्रीको पुतला जलाउँदा सात जना पक्राउ

काठमाडौं / विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले​ प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्।

प्रतिगमनको विरोधमा विद्यार्थी संगठनले शुक्रबार गरेको प्रदर्शनमा शंकरदेव क्याम्पसबाट ७ जना पक्राउ परेका छन्।

प्रदर्शनकारीले राँके जुलुस र पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

शुक्रबार, १८ असार, २०७८, दिउँसोको ०४:४१ बजे

सम्बन्धित खवर