लायन्स क्लब अफ् लखनपुरमा ज्ञानू – ‘उत्कृष्ट बन्न प्रयत्न गर्ने,

झापाको कमल गाउँपालीकामा रहेको लायन्स क्लब अफ लखनपुरको नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हिजो आइतबार एक कार्यक्रमका विच लयन्स क्लब अफ लखनपुरका बर्ष २०१८ र २०१९ का अध्यक्ष प्रमोद दाहालले बर्ष २०१९ र २०२० का अध्यक्ष ज्ञाननाथ पौडेल (ज्ञानु) लाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन । पदभार ग्रहण गर्दै पौडेलले आफनो कार्यकालमा लायन्सको मान्यता र सेवामुलक तथा परोपकारी भावनामाथी कुनै आँच आउन नदिने बताएका छन । सकेसम्म उत्कृष्ट हुन प्रयत्न गर्ने तर वेइमान नबन्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा
दुर्घटना सम्बन्धि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, जुत्ता चप्पल नलगाई र जाडोमा स्वेटर नलगाई स्कुल जानुपर्ने बाध्यता भएका स्कुले बालबालीकाहरुलाई जुत्ता चप्पल र स्वेटर वितरण गर्ने साथै पैसाको अभावमा उपचार गराउन नसकेका बिरामीहरुको उपचारमा सहयोग पु¥याउने लगायतका प्रतिबद्धता जनाएका थीए ।

कमल गाँउपालीका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका एरिया कोआर्डिनेटर अजय अग्रवाल, रिजन चियर पर्सन रामचन्द्र बराल र लायन्स क्लबका जोन चियर पर्सन धर्मानन्द भट्टराइ लगायतको उपस्थिति रहेको थीयो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमोद दाहालले आप्mनो कार्यकाललाइ सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद सहित मायाँको चिनो प्रदान गरेका थीए

मङ्गलबार, १७ असार, २०७६, दिउँसोको ०१:२० बजे

सम्बन्धित खवर