दिदीबहिनीसहित चार जनाको मृत्यु

१७ भाद्र, दाङ /  दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

राधा र शुसीला घोराही उपमहानगरपालिका- १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । बेपत्ता भएका पुन र केसीको पनि शव केहीबेरअघि भेटिएको डीएसपी रिजालले जानकारी दिए ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । उनको खुट्टा भाँचिएको छ । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

बिहिबार, १७ भदौ, २०७८, बिहानको ०९:०५ बजे

सम्बन्धित खवर