काँग्रेस चुनावी मैदानमा, सडकदेखि चिया टेवुलसम्म बहस, झापाका १५ पालिकाको १३१ वटै वडामा निर्वाचन तयारी

दमक,१७ भदौ /  नेपाली कांग्रेसमा यतिवेला चुनावी सरगर्मी बढेको छ । स्थानीय तहदेखि राष्ट्रिय सम्मेलनको तयारीमा जुटेपछि कार्यकर्तादेखि नेतासम्म यतिवेला चुनावी दौडधुपमा छन् । झापापनि यो अभियानले स्पेस पाएको छ । पार्टीका नेता कार्यकर्तामा सडकदेखि चिया टेबुलका गफका विषय काँग्रेसको अधिबेशनमय भएका छन् । झापाको वडा अधिवेशन भदौं १८ गतेबाट नै प्रारम्भ हुने भएको छ । नेपाली कांग्रेस झापाको भदौ १५ गते सम्पन्न जिल्ला कार्यसमितिको बैठकले १८ गतेबाट निर्वाचन प्रक्रिया शुरु गर्ने जनाइसकेको छ ।

झापाका १५ पालिकाको १३१ वटै वडामा १७ गते सम्ममा मतदान अधिकृत, कांग्रेसको वडा कार्यालयमा पुग्ने र सहमति भएका वडाहरुमा १८ गतेबाटै निर्वाचन सम्पन्न गर्ने झापाका लागि जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले बताए ।

काँग्रेस झापाका सभापति उद्वव थापाका अनुसार जिल्लाका १३१ वटै वडामा मतदान अधिकृत तय गरिसकिएको छ । तोकिएका मतदान अधिकृतलाई भदौ १७ गते प्रशिक्षण दिएर सोही दिन वडा कार्यालय पठाइने छ ।

सहमति भएका वडामा भदौ १८ मा निर्वाचन सम्पन्न हुनेछ भने मतदान गर्नुपर्ने अवस्था भएका वडामा भदौ १९ गतेबाट उम्मेद्वारी दर्ता लगायतका प्रक्रिया अघि बढाइने सभापति थापाले जानकारी दिएका छन् ।

बिहिबार, १७ भदौ, २०७८, बिहानको ०९:३३ बजे

सम्बन्धित खवर