दर्पण बचत तथा ऋण सहकारीको वार्षिक प्रतिवेदन सार्वजनिक

दमक १७ भदौ /   दर्पण बचत तथा ऋण सहकारी संस्थाले २०७८ को वार्षिक प्रतिवेदन विहिवार सार्वजनिक गरेको छ । संस्थाको १३ औं वाषिक साधारण सभाको उद्घाटन समारोहविच वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै संस्थाकी अध्यक्ष रेगिना भट्टराईले कोभिड १९ को कारण असहज परिथितिकाविच पनि यही भाद्र १७ गतेबाट साधारण सभा शुरु भई २२ गतेसम्ममा समापन गर्ने योजना अनुसार संस्थाले गतिविधी अघि बढाएको बताउनु भयो ।
आर्थिक वर्ष ०७७ ÷०८८ मा संस्थाको कुल कोषमा ३,४७,८९,५९६.६४ को जगेडा कोष र ६४,२५,७०७.०४ शुद्ध नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका ज्येष्ठ नागरिक डील्लीराम थापाले प्रतिष्पर्धाकाविच संस्था चलाउन चुनौति रहेकाले टिम अझ सक्रियताका साथ लाग्नुपर्ने बताउनु भयो ।
संस्थाका सचिव रामचन्द्र बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष अमृतबहादुर अधिकारीले स्वागत र सल्लाहकार समितिका संयोजक अनन्तप्रसाद सेनेहाङले सुझाव मन्तब्य राख्नुभएको थियो ।

बिहिबार, १७ भदौ, २०७८, रातीको ०८:३१ बजे

सम्बन्धित खवर