युवाले चालेको सफाई अभियानमा नगर उपप्रमुखको साथ

     दमक / दमकमा युवाहरुले सञ्चालन गरिरहेको सरसफाई कार्यक्रमलाई नगर उपप्रमुख रेगिना भट्टराईले समर्थन गरेकी छन्, अभियानमा हौसला प्रदान गर्न शुक्रवार विहानै बसपार्क परिसर पुगेर सरसफाई कार्यक्रममा सहभागीता जनाउँदै स्वागतयोग्य कामकोलागि नगरले आवश्यक सहयोग गर्ने बताइन् ।
उपप्रमुख भट्टराईले यसरीनै सबै दकबासीहरुले आ आफ्नो क्षेत्रको सरसफाई गर्ने हो भने दमक सुन्दर बन्ने बताइन् । नगरपालीकाको अभियानमा दमकबासीको साथ भए मात्रै नगर समृद्ध बन्ने भन्दै नगरपालीका एक्लैले केहि गर्न नसक्ने बताइन् । युवाहरुले स्वतस्फुर्त रुपमा गरेको कामलाई आफुले नियालीरहेको भन्दै उहाँले यहाँका युवाहरुको काम देखेर आफुलाई पनि उत्साह मिलेको अनुभुति सुनाइन् ।
आफुहरुले स्वतस्फुर्त रुपमा गरिरहेका काममा नगर उपप्रमुख आएर हौसला थपिदिँदा अझ उर्जा मिलेको अभियन्ता तथा साथीभाइ समुहका अध्यक्ष गंगा सिटौलाले बताए । बसपार्क क्षेत्रको पुरै सरसफाई गरेर रंग रोगन गर्ने आफुहरुको योजना रहेको उनले जानकारी दिए ।
दमकलाई सुन्दर बनाउनु सबै दमकबासीको कर्तब्य भएको अभियन्ता उद्योग बाणीज्य संघ दमक कार्यसमिति सदस्य चन्द्र खत्रीले बताए । युवाहरुको सक्रियतामा विभिन्न काम गर्न सकिने देखेर आफुहरु सरसफाई अभियानमा जुटेको अर्का अभियन्ता तथा हिमालयन टाईगरका बरिष्ठ उपाध्यक्ष जे विमलीले बताए । यस अघि बसपार्क प्रवेस गर्ने बाटोको खाली ठाउँमा बाह्रमासे सयपत्रीका बिरुवा समेत रोपिएको जानकारी गराउँदै संरक्षणमा सबै लाग्नुपर्ने धारणा राखे । बाहिर बाट आउने पाहुनाहरु पहिलो पटक बसपार्कमा ओर्लंदानै दमकको बारेमा नौलो र सकारात्मक सोच ल्याउन सरसफाई आवश्यक रहेको जिवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले बताए । पछिल्लो समय दमकका युवाहरु स्वतस्फुर्त सरसफाईमा लागि परेका छन् । उनीहरुलाई सबैको साथ र सहयोग चाहिएको छ ।

शुक्रबार, १७ भदौ, २०७९, दिउँसोको १२:५२ बजे

सम्बन्धित खवर