दर्पण सहकारीको १४ औं साधारण सभा शुरु

   दमक/ दमक ६ स्थित दर्पण बचत तथा ऋण सहकारी संस्थाले आफनै भवनमा संस्थाको १४ औं बार्षिक साधारण सभा गरेको छ । शुक्रबार संस्थाकी तत्कालिन अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ र संस्थाका कार्यवहाक अध्यक्ष शिवकुमार अधिकारीले सहित सञ्चालक समिति, लेखा समिति र सल्लाहकार समितिका सदस्यहरु, शेयर सदस्यहरुको प्रतिनिधिमुलक उपस्थितीमा बार्षिक प्रतिवेदन सार्वजनिक गरी साधारण सभा उदघाटन गरेका हुन ।

सो अवसरमा उपप्रमुख भटटराईले वित्तिय अनुशासनलाई ध्यानमा राखेर संस्थामा क्रियाशील हुन सञ्चालक समिति, उपसमिति र सदस्यहरुलाई आग्रह गरिन । उनले आर्थिक तरलताका कारण कतिपय सहकारी संस्थाहरु संकटमा परेको चर्चा बाहिर आइरहेकाले सहकारी संस्थाहरुको कारोबारमा इमान्दारिताको पालना गर्नुपर्नेमा जोड दिइन ।

उनले नगरपालिकाले सहकारी संस्थाहरुसंग सहकार्य गरेर नगरबासीको आर्थिक समृद्धिमा जोड दिने नीति लिएको पनि बताइन । संस्थाका कार्यबहाक अध्यक्ष अधिकारीले बिषम परिस्थितीका बाबजुद संस्थाले आर्थिक कारोबारलाई निरन्तरता दिइरहेको बताउँदै आफनै भवनमा कार्यालय सञ्चालनमा आएका कारण सदस्यहरुलाई थप विश्वस्त भएर यो संस्थामा कारोबार गर्न आग्रह गरे । उनले संस्थाले बार्षिक ३५ करोड हाराहारीमा कारोबार गरेको जानकारी गराए । उनले संरक्षित पुँजी कोषको अवस्था राम्रो रहेको पनि उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका एक नम्बर प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका व्यवस्थापक युवकुमार आचार्यले आजबाट शुरु भएको साधारण सभा २५ गते सम्म सञ्चालन हुने र संस्थाका सदस्यहरुलाई आफनै भवनमा रहेको कार्यालयमा आएर साधारण सभामा सहभागी हुन सदस्यहरुलाई सूचित गरिएको जनाए । सो अवसरमा संस्थाका उपाध्यक्ष अमृत अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा संस्थाका उपाध्यक्ष अमृत अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

शुक्रबार, १७ भदौ, २०७९, रातीको ०८:५८ बजे

सम्बन्धित खवर