प्रथम उपाध्यक्षका लागी मैदानमा राजु खड्का

दमक उद्योग वाणिज्य संघको आगामी २० गते हुन गैरहेको निर्वाचनमा सामाजिक व्याक्तित्व तथा सफल युवा व्याबसायीको छवि बनाउन सफल कोसि डेन्टल केयर र सिरस एजुकेसन का चंचालक राजु खड्का प्रथम उपाध्यक्षका लागी मैदानमा आर्लिएका छन । मैदानमा रहेका उम्मेदवारहरु मध्ये आम व्यवसायीहरुमाझ छुट्टै पहिचान बनाउन सफल उम्मेद्वार हुन् राजु ।लोकतान्त्रिक व्यवसायी समुहको तर्फबाट प्रथम उपाध्यक्षका उम्मेद्ववार रहेका खड्का तुलनात्मकरुपमा बलियो उमेद्धवार मानिन्छन ।
लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील खड्का सरल र असल बानी व्यवहार भएका कारण युवा तथा आम ब्यावसायीहरु माझ लोकप्रिय छन । आर्थिक अनुशासन , पारदर्शीता , सरलता, मिजासीलो स्वभाब र सहयोगी भावना उनको परिचयको महतवपुर्ण आधार हो । खड्कागरीब, असहाय र दिनदुखीहरुको सेवाका लागि सधैं सहयोग गर्न तत्पर हुने व्यात्तिकारुपमा परिचत छन । सफलताका लागि सधैं मेहनत, परिश्रम र इमान्दार व्यवहार हुनुपर्ने उनको मान्यता रहेको छ ।
अघिल्लो पटक भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय आत्याधिक मत ल्याएर कार्य समिति सदस्यमा निर्वा्िचत भएका खड्का प्रथम उपाध्यक्षमा उमेद्धवारी परेसंगै एकाएक माहोल तातिएको छ । बिषेषगरी युवा व्याबसायीहरु उत्साहित भएको देखिन्छ ।
व्यवसायसंगै सामाजिक काममा सक्रिय खड्का पहिलो पाइला दमक सामाजिक सस्थाका अभिभावक को रुपम आवद्ध छन । लायन्स क्लब लखनपुरको द्धितिय उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेका खड्का , बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका छन ।
आवश्यक कुरा मात्रै बोल्ने, स्पष्ट धारणा राख्ने र आवश्यक परेको ठाउँमा सहयोगी हात अघि बढाउन सधैं तत्पर हुने गरेका खड्काको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
दाजु मुकुन्द खड्का सिटी एक्सप्रस पुर्वन्चलको निर्देशक उहाको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा निस्कन फूर्सद पाउँछन् । सामाजिक कामका लागि आफूले कमाएको धनको केहि प्रतिशत रकम खर्चिन पाउँदा खुशी लाग्ने गरेको खड्का बताउँछन् ।वित्तिय क्षेत्रमा समेत लगानीकर्ताको परिचय बनाइसकेका खड्का कृषि,पर्यटन र स्वस्थ्य क्षेत्रका एक सफल व्यवसायी हुन

प्रथम उपाध्यक्षको उमेद्धवारका रुपमा खड्का को प्रतिबद्धता

आसन्न निर्वाचनमा प्रथम उपाध्यक्षको उमेद्धावार भएर मैदान ओर्लिदै गर्दा राजु खड्का सार्बजनिकरुपमै केही प्रबिद्धता र प्रतिज्ञा गरेका छन । लामो समयदेखी ब्यावसायीक क्षेत्रमा क्रियाशील भएको नाताले आम ब्यावसायी हरुले भोग्ने गरेका समस्याकोहरुको बारेका आफुलाइ गहिरो जानकारी रहेको खड्का बताउछन । व्यबसायमा भिभिन्न कारणले गर्दा दिनानु दिन जोखीम बढिरहेको उनको बुझाइ रहेको छ । असुरक्षापनि त्यत्तिकै रहेको उनि बताउछन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज र बिभिन्न बहानामा राज्यले लगाएको दोहोरो , करले गर्दा आम ब्यावसायीहरु ब्याबसाय नै टिकाउन नसक्ने अबस्थामा रहेको उनको बुझाइ रहेको छ । यि सबै अबस्थालाइ मध्यनजर गर्दै आफुले यसपटक प्रथम उपाध्यक्षमा उमेद्धवारी दिएको उनि बताउछन । यी समस्याहरुको बारेमा आफुले बिगत देखी नै निरन्तर आवाज उठाउदै आएको स्मरण गर्दै खड्काले आगामी दिनमा संस्थागतरुपमा नै दवाब सृजना गर्न आफु उमेद्धवार बनेको प्रस्ट पारे । आगामी २० गते हुन गैरहेको मतदानमा आफुलाइ विजयी गराउन आग्रह गर्दै खड्काले आफुलाइ यस क्षेत्रका ब्यावसायीले दिएको जिम्मेबारी इमान्दारीपुर्वक निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सोमबार, १६ भदौ, २०७६, बिहानको ११:४१ बजे

सम्बन्धित खवर