योग्य व्याक्तिलाइ नेतृत्वमा ल्याँउदा नेकपा इटहरीमा लफडा

 

नेकपाको इटहरी उपमहानगरमा सचिवको विषयलाइ लिएर अहिले केहि युवाले लफडा र विवाद निकालीरहेका छन् । युवा जुझारु , इमानदार र गतिशिल भएका कारण पार्टीले संगठन सन्चालनमा योग्य ठहर गर्दै काशीनाथ दंगाललाई नगरको सचिवमा चयन गरेपछि नेकपाकै केहि नेताहरुले आफ्ना निकटका केही मान्छे उचालेर नियोजितरुपमा उनी विरुद्ध विवाद निकालीरहेका छन । उनी गत साउन १ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिको औपचारिक रुपमा सचिव भएका थिए । धेरैले अनुमानै गरेका थिएनन दंगाल सचिव हुन्छन भनेर । शपथ ग्रहणमा उनको नाम सचिवमा आएपछि बर्षोंदेखि इटहरीको पार्टीमा रासोबासो जमाएका केहि नेतालाई टाउको दुखाइ भएको थियो । सचिव दंगालभन्दा दुईतह माथि भएका नेताले खुल्लमखुल्ला उनी विरुद्ध ठाउँठाउँमा गलत प्रचार गर्दै आएका थिए । दंगालको कामप्रतिको लगनशीलता देखेका इटहरिका पार्टीका नेताहरुले उनको विकल्पमा अरुलाई ल्याउन नसक्ने संकेत गरेपछि अहिले दंगाल विरुद्ध सडकमै आएर नियोजितरुपमा विरोध भैरहेको छ । साउन १ गते सम्पन्न भएको पार्टी समायोजनमा इटहरी उपमहानगर कमिटिको अध्यक्षमा बहादुर सिंह तामाङ्ग (ज्वाला) र सचिवमा कांशीनाथ दंगालले शपथ लिएका थिए । अध्यक्ष, सचिवसहित उपमहानगर कमिटिलाई पार्टी स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यले शपथ गराएका थिए ।


शपथपछि उपमहानगर कमिटिले आफ्नो गतिविधि अघि बढाइरहेको छ । वडा कमिटिको निर्माण र शपथ जस्ता सांगठनिक गतिविधि अघि बढिरहेका छन् । यसरी सांगठानिक गतिविधि अघि बढिरहँदा पार्टीको उपमहानगर कमिटिको सचिवको बिषयलाइ लिएर नियोजितरुपमा यसरी बिरोध हुन थालेपछी इटहरीका पुराना र इमान्दार नेता, कार्यकर्ताहरु भने निरास बनेका छन ।

को हुन त काँशीनाथ दंगाल

इटहरीका रैथानेहरु भनेको त्यहाँका चौधरीहरुमात्र हुन । उनिहरु बाहेक त्यहाँ बस्ने अधिकांश मानिसहरु इटहरीबाहिरबाटै आएका हुन् । दंगाललाई बाहिरबाट आएको, नयाँ आदि भनेर उनिभन्दा दुईतह माथीका नेताले प्रचार गरिरहेका छन् । उनि पनि अरु नेताहरु जस्तै खोटाङको बतासेबाट इटहरी आएका हुन् । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिको आवरणमा हुर्किएको हो । उनका जेठा दाजु राम प्रसाद दंगाल बतासे गाउँविकास समितिमा २०४९ सालमा एमालेबाट उपाध्यक्षमा निर्वा्चित भएका हुन । उनका भाइ इन्द्रप्रसाद दंगाल जनमुक्ति सेना कार्यरत थिए । गाविस उपाध्यक्ष रहिसकेका दाजु दंगाल हाल नेकपाको खोटाङ जिल्लाको सचिव हुन । अहिले जुन नेताले उनको विरोध गरिरहेका छन् उनि नेपाली कांग्रेसबाट कम्युनिष्ट बन्नुभन्दा पहिलादेखि नै दंगालको परिवारमा कम्युनिष्ट चेतना आइसकेको थियो । नगर सचिव दंगालले परिवारको राजनीतिक सुझबुझको ब्याज खाएर मात्र एकीकृत पार्टीको सचिव बनाइएको हैन नेकपाको सुनसरी जिल्ला स्तरका एक नेताले बताए । उनि पढेलेखेका, लगनशील, इमानदार र जनताको काममा रातदिन खटनसक्ने ल्याकत राख्ने भएरै पार्टीले त्यो जिम्मेवारी दिएको हो उनले भने ।
नगर सचिव दंगालले २०४६ साल देखि जनता मावि भण्डारी डाँडा बतासेबाट अनेरास्ववियूबाट राजनीति सुरु गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनी २०५३ सालमा सुकुना क्याम्पसमा स्ववियु सदस्य पनि भए । त्यसपछि दंगाल खोटाङ्गमा
अनेरास्ववियूको जिल्ला कमिटिको सदस्य पनि भए ।त्यसपछि दंगाललाई २ नं.क्षेत्रीयसचिवको जिम्मेवारी दिइएको थियो ।त्यहाँ विद्यार्थी फाँटमा पाएको जिम्मेवारीलाई कुशतापूर्वक पूरा गरेपछि उनलाई तत्कालीन एमाले खोटाङ्ग जिल्ला समितिले पार्टीको गाउँ कमिटी सचिवको जिम्मेवारी दियो । गाउँमा उनले कुशलतापूर्वक संगठन गरेपछि दंगाललाई इलाका कमिटि सचिवको जिम्मेवारी दिइएको थियो । खोटाङ्गमा
रहेर क्षेत्रीय कमिटिमा काम गरिसकेका दंगाल २०६९ सालमा इटहरीमा आएर बसोबास गर्न थाले । दंगालको सांगठनिक गतिशिलतालाई हेरेर इटहरीमा पार्टीले दिएको वडा सदस्यको जिम्मेवारीलाई सहजै पार लगाए । उनी सहिद परिवारको पृष्ठभूमिबाट उदाएका नेता पनि हुन् । २०५८ सालमा द्वन्द्वको समयमा उनका बुबा लिलानाथ दंगाल सहिद भएका थिए । गाउँका सामन्तहरुले उनलाई जंगलमा मारेर फ्याँकेका थिए ।
२०७४ सालमा भएको स्थानीय निर्वाचन ताका तत्कालीन एमालेको इटहरी उपमहानगर कमिटिको निर्वाचन परिचालन कमिटीको जिममेवारी पाएका थिए । पार्टीको अधिवेशनपछि बनेको कार्यसमितिले उनलाई नगरको सचिवालय सदस्य र कार्यालयको उपसचिवको जिम्मेवारी दियो ।
स्थानीय, प्रदेश, संघिय निर्वाचनमा उनले पार्टीमा महत्वपूर्ण भूमिका र निर्वाह गरेको पार्टीका नेताहरु बताउँछन् ।
कांशीनाथ दंगाल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । इटहरीकै जनता नमूना माविको उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् ।
उनले खोटाङ्गमा रहदा आर्थिक तथा सामाजिक विकासका लागि सामाजिक अभियन्ताकै रुपमा लामो समय काम गरेका थिए । खोटाङ्गका केही गाविसहरुलाई चर्को ब्याजमुक्त घोषणा गराउन उनले अभियान नै संचालन गरेका थिए । दंगाल केहि समय शिक्षक पनि भए । खोटाङ्गमा हुँदा निमावि
राहत दरबन्दीमा नियुक्ती दिइएको थियो । तर, त्यसको विधि प्रक्रिया नमिलेको भन्दै आफ्नो जागिर जिल्ला शिक्षा कार्यालयमा गई आफैंले निवेदन दिएर छाडेका थिए ।

दंगालको कार्यकौशलताको बारेमा इटहरीको जनता मावीलाइ हेरे पुग्छ ।

देशैभरी सरकारी विद्यालय असफल भइरहेको सन्दर्भमा दंगाल इटहरीको नाम चलेको तर विद्यार्थीहरु आउनै नरुचाउने जनता माध्यमिक विद्यालयको २०७५ साल असारमा व्यवस्थापन समितिको अध्यक्ष भएर आए । त्यसपछि विद्यालय सुधारको कार्यक्रम लिएर उनि अभिभावक, दाता र इटहरीका सरोकारवालाका घरघर गए । उनको मेहनतले काम ग¥यो । सरकारले जनता माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने निर्णय ग¥यो र ३९ करोड रुपैयाको योजन स्विकृत ग¥यो । अवसरलाई कसरी जनहितमा लगाउन सकिन्छ भन्ने राम्रो ज्ञान भएका दंगालले पनि सरकार, अभिभावक र इटहरीका बासिन्दाको भावना अनूरुपको सुधारका काम गर्न थाले । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपठान गर्ने निर्णय गरेर त्यसलाई कार्यान्वयन गरिहाले । हिजो सरकारी विद्यालय भनेर नाक खुम्च्याउनेहरु अहिले सो विद्यालयमा छोराछोरी पढाउनका लागि सिजन भन्दा पहिला नै निवेदन दिएर सिट बुक गर्न थालेका छन् । देशभरी नै यति छिटो सरकारी विद्यालयको सुधार गर्ने सायद दंगालको नेतृत्वकै टिम होला । त्यसैले उनी दिएको जिम्मेवारीलाई कसरी पूरा गर्नुपर्दछ भनेर बुझेका नेता हुन् ।

पार्टी सञ्चालनका सबै विधिहरुका बारेमा राम्रो ज्ञान भएकाले दंगालले सचिव हुनका लागि कसैसंग आफ्नो योग्यता प्रदर्शन गरिरहन पर्दैन इटहरीका एक नेताले भने । उनलाई हतोत्साह गरेर पनि हुँदैन योग्य र इमानदार नेताको खाँचो छ अहिले पनि भएका नेतालाई यसरी हतोत्साही बनाइयो भने कसले पार्टीमा आएर स्वयंसेवक काम गर्छ उनले भने ।

सोमबार, १६ भदौ, २०७६, दिउँसोको ०१:०९ बजे

सम्बन्धित खवर