प्रदेश १ मा १६८ जनामा कोरोना संक्रमण

दमक, १६ असोज/ प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण भएको छ । ३८७ जनाको पीसीआर परीक्षण गर्दा ९२ र ४२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५६, सुनसरीमा २४, झापामा ९, धनकुटा, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा ५, बुढीगंगा र कटहरीमा ३–३, बेलबारीमा २, सुन्दरहरैचा, केराबारी, रतुवामाई र जहदामा १–१, सुनसरीको इटहरीमा १८, धरानमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाका दमकमा ६, शिवसताक्षीमा ३, धनकुटाको पाख्रिबास, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिबार २८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४३ महिला र १३९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार, १६ असोज, २०७८, रातीको ०८:०२ बजे

सम्बन्धित खवर