सामाजिक विकास मन्त्रालयको जिम्मेवारी जयराम यादव लाई

बैकल्पिक खवर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै केही मन्त्रीहरुले पनि शपथ लिएका छन  । गठबन्धन दलबीच भएको सहमति अनुसार जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ , यादवले भर्खरै सपथ ग्रहण गरेका छन  ।यादव जनता समाजवादी पार्टी नेपालका संसदिय दलका नेता हुन ।

यस्तै, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाएको छ।

नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन  ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि  एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । माओवादी केन्द्रका नेता आङ्वो पुन आर्थिक मामिला मन्त्रीमा दोहोरीएका हुन । अघिल्लो सरकारका पालामा अर्थमन्त्रीका रुपमा कार्यसम्पादन उत्कृष्ट रहेको थियो।

मङ्गलबार, १६ कार्तिक, २०७८, दिउँसोको ०४:२३ बजे

सम्बन्धित खवर