द भ्वाइस अफ नेपालको लाइभ राउण्डमा पुगे जुरोपानिका बलबहादुर

दमक/  झापा जुरोपानीका गायक बलबहादुर राजवँशी हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को लाइभ राउण्डमा पुगेका छन् । शुक्रबार राती प्रसारण भएको शो मा उत्कृष्ट प्रस्तुति दिदै उनले नकआउट चरण पार गरेका हुन । टिम प्रमोदबाट प्रस्तुुत दिएका उनले अन्य दूइ प्रतिस्पर्धिलाइ पछिपार्दै लाइभ राउण्डमा प्रबेश गर्ने पहिलो प्रतियोगी बनेका छन ।

उक्त शो मा कोच प्रमोद टिमबाट पहिलो समुहका दुइ प्रतिस्पर्धीहरु शाही किरण लम्साल र बिशाल राइलाइ उछिन्दै उनले लाइभ राउण्डमा प्रवेश पाएका हुन् ।
कार्यक्रममा प्रतिस्पर्धाका लागि बलबहादुर राजवँशीले स्वर सम्राट नारायण गोपालको कालजयी गीत यहाँ गलति हजार हुन्छन् प्रस्तुत गरेका थिए भने शाही किरण लम्सालले स्वर सम्राट नारायण गोपालकै तिमी जुन रहरले ममा मिल्न आयौ गाएका थिए । त्यसै गरि अर्का प्रतिस्पर्धी बिशाल राइले काली प्रसाद बास्कोटाको हेरी रहन देउ मलाइ गाएका थिए । तिनै जनाको प्रस्तुती पछी प्रमोद बाहेक तिन जना कोच मध्ये कोच राजु र दिपको छनौटमा बलबहादुर परेका थिए ।


त्यसै गरि हिजो प्रसारित शोमा टिम प्रमोद कै अर्का दुइ समुह बाट मोरगंकी मेचु धिमाल र इलामका राम लिम्बुले पनि नकआउट राउण्ड पार गर्न सफल भएका छन् ।

शनिबार, १६ कार्तिक, २०७६, दिउँसोको ०२:५९ बजे

सम्बन्धित खवर