दमक / लैङ्गीक हिंसा बिरुद्धको सोह्र दिने अभियानका क्रममा आज दमक नगरपालीकाले सरोकारवालाहरु संग अन्तर्क्रिया सम्पन्न गरेको छ । नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले हिंसा अन्त्यका लागी सबै पक्षको प्रतिबद्धता आवस्यक रहेको बताएका छन् । कायत्र्रक्रममा डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलए झापा पुर्व अध्यक्ष यज्ञलक्ष्मि चौलागाईंले कानुनले मात्रै हिंसा अन्त्य नहुने भन्दै सामाजिक रुपमा पनि हिंसा निरुपणका लागी काम हुनु पर्ने बताउनु भयो । नेपालमा धेरै कानुन बनेका भए पनि त्यसको ब्यवहारिक पाटो कमजोर हुँदा हिंसाका घटनाहरुमा कमि आउन नसकेको बताउनु भयो । पिडित व्यक्तिले न्याय पाउने प्रक्रिया झन्झटिलो हुँदा पनि हिंसाका घटनाहरु बढ्ने गरेको बताउनु भयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले हिंसा भन्ने बित्तिकै महिलालाई मात्रै बुझिने गरेको पनि हिंसा न्युनिकरणमा समस्या आउने गरेको बताउनु भयो । पुरुषहरु पनि हिंसामा पर्ने भन्दै उहाँले पिडित पुरुषहरु समाजको डरले हिंसा सहन बध्य हुने गरेको पनि बताउनु भयो । महिलालाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रमहरु हुने गरेको भन्दै त्यसले पुरुषलाई जोड्न नसक्दा हिंसाका घटनामा कमि आउन नसकेको बताउनु भयो ।
कार्यक्रममा दमक क्याम्पसमा समाजसास्त्र अध्यापन गराउने प्राध्यापक डम्बरकुमारी अधिकारीले समाकिज कारणले पनि कतिपयले हिंसा सहने गरेको बताउनु भयो । व्यक्तिको सामाजिक हैसियतले पनि हिंसा सहन बाध्य हुनु परेका घटनाहरु रहेको उहाँले बताउनु भयो । हिंसा समाजको कलंक हो भन्ने बुझाउन सके पनि यस्ता घटनामा कमि आउने उहाँले बताउनु भयो ।

Facebook Comments Box