राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदै

प्रदेश १ मा  गठबन्धनको मत ४ हजार ८ सय १२ , एमालेको ४ हजार ५४२ र राप्रपाको ११० मत

  विराटनगर /  सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन १९ सिटमा भागबण्डा टुंगिएको छ ।

सहमति अनुसार १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई ५, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ । कार्यकाल सकिएका राष्ट्रिय सभाका सांसदहरुमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट र एमालेका ८ सिट रहेको छ । यस्तै एक जना मनोनीत सांसद पनि बिदा हुने क्रममा छन् ।

मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

प्रदेश १ मा एमाले पराजित हुने सम्भावना
प्रदेश एकबाट एमालेका सांसदहरू नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुँदैछन् । उक्त पदमा हुने निर्वाचनका लागि प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २८ सय ६२, माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जसपाको २ सय १६, राप्रपाको २ सय १० संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ । गठबन्धन पाँच दलको मत जोड्दा बहुमत अर्थात् ४ हजार ८ सय १२ मत पुग्छ भने एमाले एक्लैको ४ हजार ५४२ र राप्रपाको ११० मत समेत जोड्ने हो भने ४ हजार ६५२ मत पुग्ने देखिन्छ । यसका साथै एमालेकी सांसद गुलेफुन मिया फरार सूचीमा रहेका हुँदा ४८ मतभार अझै कम हुने देखिन्छ ।

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ।

सोमबार, १९ पुष, २०७८, दिउँसोको ०३:०५ बजे

सम्बन्धित खवर