वास्तविक जीवन ।।।

उपेन्द्र निराैला

जिन्दगिका पिंडाहरु साँच्न हुँदैन ।
भित्री पीडा बाहिर देखाई बाँच्न हुँदैन ।।१

जीवन एउटा रेलगाडी हो चल्न दिनुपर्छ ।
तिम्रो पछि लाग्नेहरु जल्न दिनुपर्छ ।।२

राम्रो कर्म गर्नुपर्छ सत्रु कमाउन।
तरपनि तिमी सक्छौ आफैं रमाउन।।३

हजार तिम्रा सपनाहरु कहिले बिलाउँछन्।
लाखौं तिम्रा आफ्ना भन्ने जब निदाउँछन्।।४

यस्ता कुरा सँधै तिम्ले ध्यान दिनुपर्छ ।
जब आफ्ना भन्नेले नै चियोचर्चो गर्छ।।५

भेलबाढी जस्तै हो यो जीवन तिम्रो हाम्रो ।
राम्रासबै बगाई लान्छ हुन्छ नराम्रो ।।६

त्यस्तो बेला हुन्न तिमी कहिल्यै आतिन्न।
खुशी तिम्रा त्यहीँ रहन्छन् हुन्न मातिन्न।।७

खाना खाँदा कहिले काहिँ ढुङ्गा लाग्न सक्छ।
सत्य कुरा तितो हुन्छ खोला दक्षिण बग्छ।।
सत्य कुरा तितो हुन्छ खोला दक्षिण बग्छ।।।८

सोमबार, २० माघ, २०७६, दिउँसोको ०४:१८ बजे

सम्बन्धित खवर