धरान औद्योगीक ब्यापरमेलाको प्रमुख आकर्षण स्वदेशी जुत्ता चप्पल

दमक /  धरानको पब्लिक हाईस्कुल मैदानमा जारी औद्योगिक व्यापार मेला २०७६ मा जुत्ता–चप्पल मेला प्रमुख आकर्षण भएको छ ।

औद्योगिक मेलामासँगै स्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला पनि आयोजना भइरहेको छ । ‘स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जुत्ता–चप्पल मेला लगाइएको हो । जुत्ता–चप्पलमा विशेष छुटको अफर राखिएको छ । यसले पनि सर्वसाधारण उपभोक्ताहरुलाई आकर्षित गरेको हो । स्टलहरुमा ६० प्रतिशतसम्म जुत्तामा छुट दिइएको छ । जुत्ता–चप्पलको स्टलमा फेसनेवलदेखि स्कुले विद्यद्यार्थीहरुको पनि जुत्ता–चप्पल उपलब्ध छ । जुत्ता–चप्पलमा ग्यारेन्टी पनि दिइएको छ । छ महिनादेखि एक वर्षको ग्यारेन्टी दिइएको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका कृष्ण फुयाँलले जानकारी दिए ।

अवलोकनकर्ताहरुले पनि स्वदेशी जुत्ता–चप्पल उद्योगहरू फष्टाएको भन्दै प्रशंसा गरिरहेका छन् । मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको फुँयालले बताए । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् । ‘धरान फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता–चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता–चप्पल व्यवस्था गरेका छौं, प्रत्येक धरानेको खुट्टामा नेपाली जुत्ता–चप्पल लगाउने योजना बुनेका छौं,’उनले भने ।

सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । स्वदेशी उत्पादनको प्रर्वद्धनका लागि मेला आयोजना गरिएको उनले जानकारी दिए । स्वदेशी जुत्ता–चप्पलको ब्राण्डलाई चिनाउनका लागि समेत मेला महत्वपूर्ण हुने उत्पादकहरूको अपेक्षा रहेको उनले बताए ।

मङ्गलबार, २० फागुन, २०७६, साँझको ०७:५४ बजे

सम्बन्धित खवर