हिसान झापाद्वारा दमकका ३५ परिवारलाई राहात प्रदान

 

दमक / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) जिल्ला समिति झापाले दमक नगर भित्रका ३५ परिवार लाई पुग्ने राहत सामाग्री उपलब्ध गराएको छ । उक्त राहत सामाग्री दमक नगरपालिका लाई उपलब्ध गराइएको हिसान जिल्ला सदस्य टेकनाथ भण्डारीले जानकारी दिए।

वर्तमान विषम परिस्थितिमा सबैले आ(आफ्नो ठाँउवाट सकेको सहयोग गरौं भन्ने उद्देश्यले संकटमा कोहि पनि भोकै हुनु नपरोस भनि हिसान झापाको तर्फवाट सहयोग गरिएको जिल्ला अध्यक्ष सुरेस बहादुर पौडेलले जानकारी दिए । प्रत्येक परिवार २५ केजी चामल ,१ लिटर खाने तेल,१ केजी मुसुरी दाल, १ केजी नुन , १ प्याकेट चिउरा का दरले पुग्ने गरि राहात सामाग्री तयार गरी दमक नगर पालिकालाई जिम्मा लगाइएको हिसान जिल्ला सदश्य गुणराज अधिकारीले बताए । हिसान झापाद्वारा उपलब्ध गराइएको राहात सामग्री जिल्ला सदश्यद्वय भन्डारी र अधिकारीले दमक नगरपालिका लाई हस्तन्तरण गरेका थिए । साथै सोही प्रकारको सहयोग बिर्तामोड नगरपालिकालाई पनि उपलब्ध गराईएको  छ । त्यसको जिम्मा हिसान सचिव गौतम सिवकोटी र जिल्ला सदश्य उत्तम खनाललाई दिएको  हिसान झापाले जनाएको छ ।

शुक्रबार, २१ चैत, २०७६, बिहानको ११:०५ बजे

सम्बन्धित खवर