शुभकामना सहकारीद्वारा ५ सय किलो चामल सहयोग

दमक / शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले दमक नगरपालिकाको कोरोना राहत कोषमा ५०० किलो ग्राम चामल प्रदान गरेकोे छ । सहकारीले उक्त राहत सामाग्री हिजो दमक नगरपालिकाको राहत कोषमा जम्मा गरेकोे छ । संकटको बेला सबैले सकेको सहयोग गर्नु नै उपयुक्त हुने भन्दै सहकारीका अध्यक्ष चन्द्र गजमेरले  सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको तर्फबाट सानो सहयोग गरिएको बताए । यो संकटको बेला कोही पनि भोको हुन नपरोस भन्ने ऊदेश्यले सहयोग गरिएको शुभकामनाले जनाएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि त्यसको प्रभाव परेको छ । हाल सम्म नेपालमा छ जना संक्रमीत फेला परिसकेका छन । एसलाई मध्य नजर गर्दै नेपालले गत चैत्र ११ गतेदेखि मुलुक लक डाउन गरेकोे छ ।

शुक्रबार, २१ चैत, २०७६, दिउँसोको १२:४६ बजे

सम्बन्धित खवर