साहाराको सहयोग : राहात कोषमा ५ लाख आफ्ना विपन्न सदस्यलाई ५ हजार सापटी

दमक / बिर्तामोड स्थित सहारा नेपाल बचत ऋण सहकारी संस्थाले लकडाउनका बेला आपतविपतमा परेका विपन्न वर्गका आफ्ना सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँ सापटी दिने भएको छ ।

सहकारीको सदस्य भएका र संस्थाद्वारा सञ्चालित लघुवित्त परियोजनामा आवद्ध विपन्न परिवारले सापटी लिन पाउने छन् ।

सहारा नेपालमा हाल १ लाख ४७ हजार सदस्य रहेका छन् । कम्तीमा १५ हजार सदस्य विपन्न परिवारको भएको पूर्वानुमान गर्दै सापटी दिनका लागि ७ करोड रुपैयाँ छुट्याइएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

यस अघि झापाकै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य रहेका विपन्न परिवारलाई २ हजार रुपैयाँ सापटी दिने निर्णय गरेको थियो ।

सहाराले नेपाल सरकारदेखि प्रदेश र स्थानीय तहसम्मको सबै कोरोना विपत कोषमा रकम दिने भएको छ ।

सहाराले केन्द्रीय कोषमा ५ लाख दिने भएको छ भने प्रदेश नं। १ सरकारले सञ्चालन गर्ने क्वारेन्टाइनका लागि एक महिनासम्म लाग्ने सम्पूर्ण खाद्यान्न सहयोग गर्ने भएको छ ।

झापाका सबै स्थानीय तह, प्रदेश र केन्द्रको विपत कोषमा जम्मा गर्न सहाराले ५० लाख रुपैयाँ छुट्याएको छ । भूटानी शरणार्थी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत सहाराले खाद्यान्न तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित उपकरण सहयोग गरेको छ ।

शुक्रबार, २१ चैत, २०७६, साँझको ०६:४५ बजे

सम्बन्धित खवर