चुलाचुलीको बजेट : पशुपालन र सामाजिक बिकासमा जोड

बैकल्पिक खवर

इलामको चुलाचुली गाउँपालिकाले ४८ करोड ५५ लाख ४१ हजार १ सय ७० रुपैयाँको बजेट पारित भएको छ । आगामीी आर्थिक वर्ष २०७८र७९ को निति तथा कार्यक्रम पारित गर्दै गाउँसभाबाट बजेट पारित भएको हो । हिजो पारित बजेटले कृषि , पशुपालन तथा पुर्वाधार र सामाजिक बिकासलाइ जोड दिएको छ ।

गाउँसभाबाट आर्थिक विकासमा एक करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि र पशुपालन सम्बन्धि विषयगत शाखाका योजनाहरु समावेश हुन्छन् । चुलाचुली गाउँपालिकाले संस्थागत तथा क्षमता विकासका लागि एक करोड ९ लाख रुपैयाँ विनियोजन भएको छ । संस्थागत तथा क्षमता विकासमा न्यायीक समिति, क्षमता अभिवृद्धि तालीम, प्रविधि विकास, उद्योग क्षेत्र, टोल विकास संस्था लगायतबाट प्रस्ताव गरिएका योजनाहरु कार्यान्वयन हुनेछन् ।

गाउँसभाबाट सामाजिक विकास तर्फ २ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सामजिक विकास अन्तरगत रहने शिक्षा क्षेत्रमा १ करोड १५ लाख, स्वास्थ्यमा ५० लाख, खेलकुदमा ५० लाख र लक्षित वर्गका कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो समितिबाट अहिले कोरोना माहामारी नियन्त्रणका लागि काम हुँदै आएका छन् । गाउँसभाले वडा सभाबाट पारित भएका कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या र भौगोलिक अवस्थितिका आधारमा बजेट प्रदान गरेको छ । जस अनुसार वडा नम्बर ६ लाई ७७ लाख, वडा नम्बर १ लाई ६५ लाख, वडा नम्बर ३ लाई ६२ लाख, वडा नम्बर ५ लाई ५८ लाख र २ तथा ४ वडालाई ५५र५५ लाखका दरले प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।

गाउँसभाबाट पूर्वाधार विकासको समपूरक कोषमा २ करोड बजेट विनियोजन गरेको छ । समपूरक कोषको बजेटमध्ये ४२ लाख रुपैयाँ प्रदेश एक सरकारबाट कालोपत्रे हुँदै आएका हिमाली मार्ग र सिम्ले चुलाचुली सडकमा खर्च हुनेछ । दुई सडक कालोपत्रेका लागि प्रदेश एक सरकारबाट आगामी आर्थिक वर्षमा खर्च हुने गरि एक करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले पूर्वाधार निर्माणमा आकस्मिक सम्भार कोष पनि स्थापना गरेको छ । कोषमा आगामी आर्थिक वर्षमा ९० लाख विनियोजन भएको हो ।

बाढी, पहिरो र प्रकोपका कारण क्षति भएका भौतीक संरचना तत्काल मर्मत गर्नका लागि कोषको बजेट खर्च गरिनेछ । कालोपत्रे सडक निर्माणमा प्राथमिकता दिँदै आएको चुलाचुली गाउँपालिकाले वडा नम्बर १, ३, ५ र ६ मा सडक कालोपत्रेका लागि ५५र५५ लाखको दरले बजेट विनियोजन गरेको छ । पालिकाले वडा नम्बर २ र ४ नम्बर वडामा क्रमागत रुपमा सडक कालोपत्रे हुँदै आएका छन् ।

गाउँपालिकाको एकदेखि ६ नम्बर वडा जोड्ने चुलाचुली मार्ग निर्माणको लागि बहुवर्षे आयोजना कार्यान्वयन गर्ने गाउँसभाले पारित गरेको छ । वडा नम्बर १ को कमल खोलादेखि वडा नम्बर ६ को कुहिनीटारसम्म जोड्ने चुलाचुली मार्ग निर्माणको डिपिआर गर्ने काम भइसकेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । सो मार्ग कालोपत्रेका लागि राष्ट्रिय योजना आयोगबाट १ करोड ४९ लाख रुपैयाँ बजेट प्राप्त हुने र त्यसमा गाउँपालिकाले समपूरको कोषको बजेट खर्च गर्ने गरि ६ किलोमिटर २ सय मिटर सडक कालोपत्रे गर्न बहुवर्षे ठेक्का आगामि आर्थिक वर्षमा लाग्नेछ । चुलाचुली मार्गको कुइनीटारदेखि रतुवाखोलासम्म कालोपत्रे गर्नेगरि आगामि आर्थिक वर्षमा बुहुवर्षे ठेक्का लगाइनेछ । ,

कर्मचारीलाई पुरस्कार र सम्मान                                       

गाउँसभामा गाउँपालिकाको विषयगत शाखा, विद्यालय, वडा कार्यालयमा कार्यरत कर्मचारीलाई नगद सहित पुरस्कार गरिएको छ । गाउँपालिकाको उत्कृष्ट कर्मचारीमा लेखा प्रमुख मिलन भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई २० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यलय सहयोगीमा टट बहादूर तिमिसिना, प्राविधिक शाखाबाट सव–इञ्जिनियर दिपेन्द्र राई, वडा सचिवमा वडा नम्बर १ मा कार्यरत निर्मला घिमिरे, स्वास्थ्यकर्मीमा सिनियर अनमि विमली राईलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरुलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै निर्मा कम्पनीमा जमुना कष्ट्रक्सन तथा जमुना सत्लायर्सका नारदमणि साम्पाङ, उपभोक्ता समितिमा जोगिटोल दक्षिण जाने सडक उपभोक्ता समितिलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको थियो । त्यस्तै शिक्षातर्फ वडा नम्बर ३ को किराँतश्वर माध्यमिक विद्यालयलाई नगद ५० हजार सहित पुरस्कृत गरिएको छ । त्यस्तै नगद ४० हजार सहित पञ्चकन्या आधारभुत विद्यालय वडा नम्बर २ पुरस्कृत भएको छ । पालिकाभरीका शिक्षकमध्येबाट बालज्योती माध्यमिक विद्यालयका शिक्षक रुद्र प्रसाद गिरी वडा नम्बर ४ र पञ्चकन्या आधारभुत विद्यालयकी सका खडिमाया प्राधानलाई नगद १०र१० हजार र सम्मान–पत्र प्रदान गरि पुरस्कृत गरिएको छ । त्यस्तै विद्यालयको कार्यालय सहयोगीमा गिताञ्जली आधारभुत विद्यालय वडा नम्बर ६ मा कार्यरत डम्बरु घिमिरेलाई पुरस्कृत गरिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको संोजकत्वमा गठन भएको समितिको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो । समितिको सदस्यमा पूर्वाधार विकासको संयोजक कालिदास भट्टराई, आर्थिक विकास समितिको संयोजक रण बहादूर लिम्बु, वडा नम्बर एकको कार्याबाहाक अध्यक्ष सिता लावती र इञ्जिनियर क्षितिज दाहाल रहेका थिए । चुलाचुली गाउँपालिकामा असार ७ गते ९ अौ गाउँसभाबाट विनियोजन बिधेयक र आर्थिक बिधेयक सर्वसम्मत पारित गरेकाे छ । न्यायिक समितिले चालू आर्थिक बर्षमा सम्पादन गरेकाे कामकाे बारेमाा छलफल गरेर पारित समेत गरिएकाे छ । – localsandesh.com बाट साभार

 

शनिबार, १९ असार, २०७८, दिउँसोको १२:३४ बजे

सम्बन्धित खवर