वेलबारीमाश्रीमानद्वारा श्रीमतीको हत्या , ताप्लेजुङमा करेन्ट लागेर एकजनाको ज्यान गयो

बैकल्पिक खवर

मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो । हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चार/पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुवर रहेका छन् । आज दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा अप्रचौ खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

शनिबार, १९ असार, २०७८, रातीको ०८:०३ बजे

सम्बन्धित खवर