महाधिवेशन कात्तिकमा गर्ने राप्रपाको निर्णय

१९ असार, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

यसअनुसार वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिनेछ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन आह्वान गरेको छ ।

शनिबार, १९ असार, २०७८, रातीको ०८:५७ बजे

सम्बन्धित खवर