एमालेले संघीयता र धर्मनिरपेक्षता छोड्ने

१९ असार, काठमाडौँ/  एमालेका नेता महेश बस्नेतले संधीयता र धर्मनिरपेक्षता एमालेले स्वीकारीरहन नपर्ने बताएका छन् । उनले संघीयतार धर्मनिरपेक्षता एमालेको मुद्धा नभएकाले यसको फेर समातिरहन आवश्यक नभएकाले समिक्षा गर्नुपर्ने बताएका छन् ।
एमाले नेता महेश बस्नेतले मुलुकको शासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्न माग गर्दै आठ बुँदे प्रस्ताव पेश गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज बसेको केन्द्रीय कमिटी बैठकमा संघीयतासहितको समिक्षा हुनुपर्ने लिखित प्रस्ताव राखेका हुन् ।
नेता बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् । बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।
उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न बस्नेतले माग गरेका छन् ।

उनले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।

शनिबार, १९ असार, २०७८, रातीको ०९:११ बजे

सम्बन्धित खवर