उर्लाबारी उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी

लोकतान्त्रिक गठबन्धन उम्मेदवार घरघरमा

उर्लाबारी, १८ भदौ /  उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुन गइरहेको निर्वाचनका लागि नेपाली कांग्रेस निकटका लोकतान्त्रिक साझा गठबन्धनले चुनावी प्रचारलाई तिव्रता दिएको छ । उम्मेद्वार घरघर पुगेर भोट माग्न थालेका छन् ।
गठबन्धनले तारामान सेरेङको अध्यक्षतामा उम्मेदवार सार्वजनिक गरेपछि प्रचारलाई तिब्रता दिएको हो । बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बांगाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीमप्रसाद घिमिरे, दशरथ यादब (बेचन, योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजुलाई उम्मेद्वार बनाएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ । कांग्रेस, जसपा र लिम्बूवानसहितका समर्थक ब्यवसायीहरुको लोकतान्त्रिक साझा गठबन्धन बनाइएको छ ।
यता नेकपा एमालेसहितका प्रगतिशील गठबन्धनबाट संघको अध्यक्षमा शेरबहादुर भण्डारीलाई उम्मेदवारी वनाएको छ । त्यस प्रगतिशिल साझा गठबन्धन व्यवसायीक एजेण्डा लिएर ब्यवसायी तथा उद्योगीहरुसँग भेटघाट र भोट माग्ने काम थालिएको कोषाध्यक्षका उम्मेद्वार राजन दाहालले जानकारी दिए ।

शुक्रबार, १८ भदौ, २०७८, बिहानको ०८:४१ बजे

सम्बन्धित खवर