अब मालपोत र यातायात कार्यालयमा अनलाइन सेवा

विराटनगर /   १ नम्बर प्रदेश मन्त्रीपरिषद्को बैठकले धेरै भीडभाड हुने मालपोत तथा यातायात कार्यालयमा १ महिनाभित्रमा अनलाईन सेवा सुरु गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गत १२ गते भदौमा बसेको बैठकले अनलाइन सेवा सुरु गर्न सम्बन्धित मन्त्रालयले तत्काल आफ्नो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले कोभिड–१९ को व्यवस्थापन, रोकथाम र नियन्त्रणका लागि विभिन्न चार निर्णय पनि गरेको छ । जसमा जोखिमयुक्त ठाउँमा परीक्षणको दायरा बढाउने, प्रदेश मातहतमा रहेका अस्पताल र जिल्ला अस्पतालमा निःशुल्क भइरहेको कोभिड उपचार सेवालाई व्यवस्थित गर्ने उक्त कामको लागि कोरोना जनसुरक्षा कोषबाट १० करोड निकासा दिने र सबै कामको व्यवस्थापन तथा अनुगमन सामाजिक विकास मन्त्रालयले गर्ने रहेका छन् ।

शुक्रबार, १८ भदौ, २०७८, बिहानको ०९:२३ बजे

सम्बन्धित खवर