बिरिङ खोलामा अस्थायी तटबन्धन

झापा, भदौ १८/  बिरिङ खोलाको कटानबाट हुने थप क्षती कम गर्न अस्थायी तटबन्धन निर्माण सुरु भएको छ । झापाको झापा गाउँपालिका-६ चन्द्रबस्ती पुर्व रहेको बिरिङ खोलाले पश्चिम तर्फ तिब्र रुपमा लगातार कटान गर्न थालेपछी जनताको तटबन्धन अन्तरगत निर्माण गरिएको तटबन्धन नै कटान गरेर खोलो गाउँ पस्ने सम्भावना देखे पछी अस्थायी तटबन्धन निर्माण कार्य सुरु गरिएको छ।

श्री नयाँ नाथ गण चारआली बाट नेपाल आर्मी ,सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी स्थानियद्वारा अस्थायी तटबन्धन निर्माणको काम भइरहेको छ।

टोलीले बास र तारको प्रयोग गरेर अस्थायी तटबन्धन निर्माण गर्ने जनताको तटबन्धन कार्यक्रम गैडेका इन्जिनियर बिजेन्द्रप्रसाद गुप्ताले बताउनु भयो।प्रमुख तटबन्धन देखि खोलाको दुरी ५ मिटर भएकाले बासँको मोडलिङ गरेर अस्थायी तट निर्माण गर्ने उहाँले बताउनु भयो।

सुरक्षाकर्मीको टोली सहित कटान क्षेत्रको अनुगमन गर्न आउनु भएका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिरिङ खोलाले तटबन्धनलाई क्षती गरेर बस्ती नै जोखिमा पर्ने सम्भावना देखेपछी झापा गाउँपालिका संग समन्वय गर्दै तिनवटै सुरक्षा निकाय परिचालन गरेर कटान नियन्त्रण गर्ने बताउनु भयो। उहाँले झापा गाउँपालिका डुबान र कटानको अती जोखिममा रहेकोले डुबान हुनु पुर्वनै सावधानी अपनाउदै गरेको बताउनु भयो ।

पहिले बिरिङ खोला जनताको तटबन्धन कार्यक्रम अन्तरगत निर्माण गरिएको तटबन्धनबाट सय मिटर पुर्व रहेको थियो। बिगत केही दिनबाट आइरहेको अविरल वर्षाका कारण खोलाले दैनीक निरन्तर कटान गर्दै आइरहेको छ` स्थानिय भिमकुमारी खतिवडाले भन्नुभयो ‘ तटबन्धन पुर्व जमिन भएका सात जना स्थानियको करिव दुई बिघाह जमिन र बोटबिरुवा खोलाको कटानले क्षती गरेको छ।’

खोलाले कटान गर्दै तट बन्धननै भत्काउने जोखिम बढेपछी आज बिहानै देखि स्थानिय जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि,सामाजिक अगुवाहरुले खोलाबाट हुने क्षती कम गर्न संवन्धित निकायमा पहल गरेका थिए।

शुक्रबार, १८ भदौ, २०७८, साँझको ०५:३३ बजे

सम्बन्धित खवर