खानेतेलको भाउ अझै घट्यो

युक्रेन र रुसबीचको युद्धका कारण उच्च दरमा बढेको खानेतेलको भाउ पछिल्लो समय सस्तिएको छ । खानेतेलको मूल्य पछिल्लो दुई महिनाको अवधिमा प्रतिलिटर १० देखि ७० रुपियाँसम्म सस्तिएको छ ।

भारत निर्यात रोकिएकाले स्वदेशमै खपत बढाउन उद्योगीले मूल्य घटाएको खाद्य किरानाका खुद्रा तथा थोक व्यापारीले बताएका छन् । किराना तथा थोक व्यवसायी सङ्घका महासचिव आमूलकाजी तुलाधरले खानेतेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताउनुभयो ।

नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार हाल भुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ, काँचो तोरीको तेल प्रतिलिटर ३७० रुपियाँ, सनफ्लावर प्रतिलिटर २९० रुपियाँ र भटमासको प्रतिलिटर २६० रुपियाँमा खुद्रामा कारोबार भएको छ ।

शनिबार, १८ भदौ, २०७९, बिहानको ०७:२६ बजे

सम्बन्धित खवर